पोखरा वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई बाटो डट कमको सहयोग

पोखरा, ३ फागुन /पोखरा वृद्धाआश्रमलाई अनलाईन विजनेस साईट बाटो डट कम (Batoo.com)ले उद्घाटनको अवसर पारी खाद्यन्न एवं आर्थिक सहयोग गरेको छ ।

पोखरा वृद्धाआश्रमका संस्थापक अध्यक्ष कुशुम केशव पराजुलीले युवाहरुको नयाँ प्रविधिमुलक काम प्रति खुसी प्रकट गरे । कार्यक्रममा बाटो डट कमका संस्थापक अध्यक्ष संसार बरालले विश्व प्रविधिको माध्यमबाट निकै अगाडी बढेको अवस्थामा हामी युवाहरु मिलेर व्यवसाय सँगै समाजलाई सकरात्मक दिशातर्फ उन्मुख गराउने लक्ष्य रहेको बताए ।

उनले बिक्री गरिएका हरेक सामानबाट एक रुपैँया बालबालिका कोषमा हस्तान्तरण गर्ने संकल्प संस्थाले राखेको बताए । उक्त संस्था एक अनलाईन विजनेस साईट हो ।

घरमै बसी बसी फेन्सी, ऐक्सेसरीज, मोवाईल लगायतका सम्पुर्ण सामानहरु अनलाइनको माध्यमबाट अर्डर गर्न सकिने बाटो डट कम डट एन पि का डाईरेक्टर रमेश पौडेलले बताए ।

 

कमेन्टहरु
Loading...