तीन दिन देखि बन्द पोखरा ट्रेड मल बिहीबारबाट सञ्चालनमा

पोखरा, ६ साउन/तीन देखि बन्द पोखरा ट्रेड मल बिहीबार देखि सञ्चालनमा आउने भएको छ । व्यवस्थापन र व्यवासायी विच सहमति पछि सञ्चालनमा आउन लागेको हो ।

सहमती पछि पार्किङको व्यवस्थापन व्यवसायीलाई नै गर्ने जिम्मा दिने, पार्किङको ठेक्का रद गर्ने सहमति भएको पोखरा ट्रेड मलका व्यवसायीक समितिका अध्यक्ष सुरेश नेपालीले जानकारी दिए । मलका प्रवन्ध निर्देशक मीनराज काफ्ले र अध्यक्ष सुरेश नेपाली विच सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

मलमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले नै व्यवस्थापनले पार्किङ शुल्क लिएको भन्दै व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

पार्किङ शुल्क उठाउँदा मलमा आउने ग्राहक मर्कामा परेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । एक अर्ब रूपैयाँ भन्दा बढीको लगानीमा गत असोजदेखि मल सञ्चालनमा आएको हो । साढे ६ रोपनी क्षेत्रफल जग्गामा ट्रेड मल निर्माण भएको छ ।

कमेन्टहरु
Loading...