२० वर्ष देखि गुणात्मक सेवामा बविन टेलरिगं

जमुना वर्षा शर्मा/ग्राहकको चाहनालाई मध्यनजर गर्दै विगत २० वर्ष देखि गुणात्मक सेवामा समर्पित बविन टेलरिङ्गसटिङ्ग सुटिङ्ग क्षेत्रमा एउटा ब्राण्ड बनाउन सफल नाम हो ।
२०५२ सालमा बेनिबजारबाट आफ्नो व्यवसायिक यात्रा शुरु गरेका बविन बागदासले स्वदेशी भूमिमा संभाव्यताको खोजि गर्ने क्रममा आफ्नो पुख्यौली पेशालाई आधुनिक डिजाइनबाट अगाडि बढाउने सोच अनुरुप यस क्षेत्रमा प्रवेश गरेका थिए ।

२० वर्ष देखि गुणात्मक सेवामा बविन टेलरिगं
२० वर्ष देखि गुणात्मक सेवामा बविन टेलरिगं

पर्वतको शारदा मावि कुर्घाबाट २०५० सालमा एस.एस.सी पास गरेर उनी उच्च शिक्षाकालागि पोखरा आएका थिए । पोखराबहुमुखी क्याम्पसमा अध्ययन रहँदा बविनको मन पढाइ भन्दा बढि समय सिपमुलक कामले तान्न थाल्यो । पोखराका विभिन्न नाम चलेका टेलरिङमा काम गर्दै कामको अनुभव संगाल्दै गए । तत्कालिन समयमा युवा विदेशशिने क्रम निकै बाक्लो थियो । धेरैले उनलाई विदेश जान हौसाए पनि आफु समान साथि स्वदेशमा भेटन गाह्रो थियो ।

तर पनि उनको मन स्वदेशी माटोमा व्यवसायिक संभावनामा घुमिरहेको थियो । सैद्धान्तिक व्यवहारीक ज्ञानको विशिष्टता हासिल गर्न बबिन काठमाडौंका प्रतिष्ठित टेलरिङहरुमा पुुगे ।
पर्वत शिवालय ९मा बाबा खर्क बहादुर बागदास र आमा (स्वर्गिय) शान्ता वागादासको कान्छा सन्तान उनले म्याग्दीको बेनिबजारमा गएर बबिन टेलरिङ्ग खोले । तत्कालिन समयमा परम्परागत रुपबाट मात्रै कोट पाइन्ट सिलाइरहेको परिप्रेक्ष्यमा आधुनिक डिजाइनबाट ग्राहकको चाहानालाई ध्यान दिदै उनले सेवा दिन थाले ।

बविन टेलरिङ पोखराको न्युरोडमा
बविन टेलरिङ पोखराको न्युरोडमा

त्यसपछि उनको व्यवसायिक यात्राले पछाडि फर्केर हेर्नु परेन । ग्राहकको मागलाइ धान्न उनलाई चाहिने दक्ष जनशक्तिको अभाव हुन थाल्यो । उनले युवाहरुलाई काम सिकाएर रोजगार प्रदान गरे । उनीसँग काम सिकेकाहरु धेरै अहिले व्यवसायिक रुपमा सुट स्पेलिष्ट बनेर स्वरोजगार बनेका छन् । बबिन टेलरिङ्गले आफ्नो ब्राण्डलाई बेनि बजारमा मात्रै सिमित नगराई पोखरा शहरमा समेत विस्तार गरेको छ ।

पोखराको भाटभटेनि आडमा २०७१ कार्तिक २१ गतेबाट संचालनमा छ । स्वदेशी तथा विदेशी झण्डै दर्जन भन्दा बढि ब्राण्डेड कपडाबाट सटिङ्ग सुटिङ्ग । एकचोटी आएको ग्राहकको फर्कि फर्कि आउनु र अरु ग्राहक लिएर आउनुनै उनको टेलरिङ्ग प्रदान गरेको गुणस्तरताको मापन हो भन्छन् । रु ८ हजार देखि ५० हजार सम्मको कोट बबिन टेलरिङ्गमा तयार हुन्छन् । स्वदेशी अल्लोको कोट समेत उनले तयार गर्दै आएका छन् । १८ जना कालिगढ उनको कारखानामा कार्यरत छन् । प्रभावकारी सेवाकालागि कालिगढको संख्या ४० बनाउने शाखा विस्तार गर्ने तयारीमा उनी जुटेका छन् ।

बविन टेलरिङ पोखराको न्युरोडमा
बविन टेलरिङ पोखराको न्युरोडमा

उनलाई एउटै कुराले अझै पनि चिन्तित बनाएको छ । देश भित्रका दक्ष युवाशक्तिको अझै पनि यस क्षेत्र तिर आर्कषण बढ्न सकेको छैन । दक्ष युवा स्वदेशमा श्रम गर्न भन्दा विदेशमा रमाउँछन् । भारतीय कालिगढले मासिक ३० देखि ४० हजार सम्म तलब बुझ्छन् । आफुले नेपाली युवाबाट धेरै अपेक्षा गरे पनि कामप्रति उनीहरुको लगाव कम हुन्छ । विदेशमा जस्तो दुख गर्न पनि पछि नहट्ने युवाहरु स्वदेशमा श्रमलाई ठुलो र सानो भनेर बर्गिकरण गर्ने मानसिकताले दक्ष जनशक्ति पलायन हुने र परनिर्भरतामा बढ्दै गएको उनको बुझाइ छ ।

कमेन्टहरु
Loading...