पोखरा टे«ड मलको दशैँ तिहार उत्सव, मोटरसाइकल देखी डोकोभरि उपहार

पोखरा, २ असोज / पोखराको चिप्लेढुंगामा रहेको पोखरा टे«ड मलले चाडपर्वको किनमेललाई लक्षित गरि ‘दशैँ तिहार उत्सव–२०७६’ घोषणा गरेको छ । टे«ड मल व्यवस्थापनले दशैँ तिहार जस्ता चाडको मुखमा घोषणा गरेको यो योजनाको बम्बर उपहारको रुपमा यामाहाको एफजेटएस १५० सिसी मोटरसाइकल रहेको छ ।

दशैँ तिहार उत्सव–२०७६ व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले बिहीबार पत्रकार सम्मेलनमा उपहार र उपहार योजना असोज ५ गतेदेखि मंसिर ४ गतेसम्म लागु हुनेछ । टे«ड मलमा रहेका जुनुसुकै पसलबाट ५ सय रुपैयाँ बराबरको किनमेल गर्नेहरु उपहार योजनामा स्वतः सहभागि हुनेछन् ।

टे«ड मलले अन्य पाँच जनालाई डोकोभरि उपहारको पनि व्यवस्था गरेको छ ।‘हामीले पोखरेली डोकोमा घरमा चाहिने राम्रै सामानहरु हालेर उपहार दिँदैछौँ’, त्रिपाठीले भने,‘हामीले चाडपर्वमा खुसी बाँड्न यो योजना ल्याएका हौँ ।’

यसैगरी मलले हरेक १५ दिनमा खोल्नेगरि ‘ज्याकपट’ उपहारको पनि व्यवस्था गरेको छ । ज्याकपट उपहार योजनामा सहभागि हुनको लागि कम्तिमा ग्राहकले मल भित्र रहेको काउण्टरमा १० वटा कुपन बुझाउनु पर्नेछ । ग्राहकले ५ सय बराबरको सामान किन्दा एउटा, २ हजारकोमा ३ वटा र ५ हजार बराबरको सामान किन्दा १० वटा कुपन प्राप्न गर्ने व्यवस्था गरिएको छ ।

एउटा मात्र कुपन भए बम्बर उपहार र हरेक हप्ता ५० हजारसहित अन्य उपहार प्राप्त गर्नको लागि १० वटा कुपनबापत मल व्यवस्थापनले एउटा ज्याकपट कुपन दिनेछ । त्यही ज्याकपट कुपन हरेक १५ दिनमा एकपटक खोलिने छ । ज्याकपट उपहारमा ५० हजार नगद एकजनाले पाउनेछ् भने बाँकी उपहारहरु सपिङ भौचर र २ जनालाई डोकोभर उपहार रहनेछ ।

टे«ड मलका सहायक प्रबन्धक सुवास अधिकारीका अनुसार उत्सव अवधिभर सबै गरेर करिब १९ लाख रुपैयाँको उपहारको व्यवस्था गरिएको छ । बम्पर उपहार भने मंसिरको ८ गते खोल्ने उनले बताए ।

२०७२ साल असोज २६ गतेदेखि संचालनमा आएको पोखरा टे«ड मलमा २ सय ५० वटा पसलहरु रहेका छन् । पोखरा टे«ड मलका प्रबन्ध संचालक मीनराज काफ्लेका अनुसार मलमा नुनदेखि सुनसम्म पाइन्छ । उनका अनुसार टे«ड मलमा रहेका पसलहरुले चाडबाडलाई लक्षित गरि छुट्टै छुटको पनि व्यवस्था गरेका छन् ।

‘यहाँ फरक–फरक व्यवसायीहरु एउटै छानामा छन्,यहाँको भाडा अन्यत्रको भन्दा सस्तो छ’, उनले भने,‘खर्च कम भएकाले यहाँ कम आम्दानी गरे पुग्छ, हामी धेरै नाफाभन्दा पनि ग्राहकले सस्तोमा गुणस्तरीय सामान पाउन् भन्ने चाहन्छौँ ।’उनले उपहार दिएबापत मूल्य नबढ्ने पनि प्रष्ट पारे ।

कार्यक्रमका बोल्दै टे«ड मल प्रालिका अध्यक्ष तथा गण्डकी प्रदेश सभासद विन्दुकुमार थापाले सबै वर्गका ग्राहकलाई एउटै थलोमा चाहिएको कुरा किन्ने वातावरण बनाउने अभियानमा मल सफल भएको धारणा राखे । उनले सुपथ मूल्य र समयको बचत एवं गुणस्तरी सामान उपलब्ध गराउन मलले कुनै सम्झौता नगर्ने जनाए ।

 

कमेन्टहरु
Loading...