होटलकर्मीलाई सनराइजको वित्तीय साक्षरता

पोखरा, ४ असोज / सनराइज बैंक लिमिटेडको आयोजना तथा पश्चिमाञ्चल होटल संघ पोखराको समन्वयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ ।

बैंकको १२ औं वार्षिकोत्सवको अवसरमा आधारभूत लेखा तथा कर नीति विषयमा होटलकर्मी तथा उनीहरुका कर्मचारीका लागि यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बैंकका कर्मचारीको पनि सहभागिता थियो ।

कार्यक्रमका संघका अध्यक्ष विकल तुलाचनले सरकारको नयाँ कर नीति, करका दर र ऋण लिंदा अपनाउनु पर्ने तरिका बारे कार्यक्रममा जान्न पाउनु सकारात्मक पक्ष भएको बताए ।

होटलकर्मीलाई कर र लेखा सम्बन्धमा जानकारी गराउने उद्धेश्यले सनराइज बैंकसँग सहकार्य गरी कार्यक्रम समन्वय गरिएको उनले सुनाए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम आयोजना गरेको कार्यक्रमका सभापति एबं बैंकमा चिफ म्यानेजर हरिप्रसाद आचार्यले जानकारी दिए । कर र बैंकको कर्जा नीति बारे सो अवसरमा उनले स्पस्ट पारेका थिए ।

कार्यक्रममा चार्टर्ड एकाउण्टेण्ट निश्चल ढकालले कर र लेखा सम्बन्धमा जानकारी गराएका थिए । भ्याट, पान, आय कर, लेखा प्रणाली, विदेशी मुद्रा विनिमय लगायतका विषयमा पनि उनले स्पस्ट पारे । सो अवसरमा बैंकको गण्डकी प्रदेशका प्रमुख रविन्द्र केसीको पनि उपस्थिती थियो ।

कमेन्टहरु
Loading...