पोखराको रञ्जित गाउँमा माघेसक्रान्ति मेलाको तयारी

पोखरा, २१ पुस / पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित रञ्जित गाउँमा माघे सक्रान्ति मेलाको तयारी तिब्र पारिएको छ । विगत ६२ बर्षदेखि आयोजना गरिँदै आएको मााघे सँक्रान्ति मेला मार्फत गाउँमा पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको स्थानीय नौ धारे सिद्धबराह युवा क्बलका अध्यक्ष शम्सेर बहादुर गुरुङले बताए ।

विक्रम संवत २०१३ सालमा छेलो हान्ने प्रतियोगिताबाट शुरु भएको माघे सँक्रान्ति मेलामा यसपटक भलिबल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, छेलो, रसी तान्ने लगायतका प्रतियोगिताहरु आयोजना गरिने भएको छ । पोखरामा सोमबार पत्रकार सम्मेलन गरी गाउँमा पर्यटन प्रवद्र्धन गर्नका लागि मेलालाई भब्य रुपमा मनाउने तयारी गरिएको अध्यक्ष गुरुङले बताए ।

अहिले रञ्जित गाउँमा ७ घर मात्र छन् । मेला हेर्नका लागि बसाई गएका गाउँले मात्र नभई विभिन्न स्थानबाट मानिस आउने उनले बताए । गाउँलेले छाडेका घरहरुलाई उपयोगमा ल्याएर अहिले होमस्टे संचालनको तयारी गरिएको छ । अहिले नै ५० जना सम्म पर्यटक राख्न सकिने र गाउँमा पिकनिक खानका लागि आवश्यक पुर्वाधार रहेको उनको भनाई छ ।

गाउँलेहरु मिलेर अहिले सामुहिक अर्गानिक तरकारी खेति समेत गर्दै आएका छन् । गाउँमै रोजगारीको सिर्जना गर्न र गाउँ छाडेर जानेहरुलाई रोक्नका लागि तरकारी खेति र पर्यटन प्रवद्र्धन गर्न लागेको गुरुङले बताए ।

पोखराबाट आधा घण्टाको बाटोमै पुगिने रञ्जित गाउँको पूर्व उत्तरको कुनामा नौवटा धारा सहित सिद्ध बराह मन्दिर अवस्थित छ । मन्दिरमा पहराको बिचबाट पानी झर्छ । उक्त पानी झर्ने गरी नौवटा धारा बनाइएका छन् । नौवटा धारामा नुहाएर मन्दिरमा पुजा गरेपश्चात तरुल र मासको टिका लगाउने प्रचलन छ । यसो गरेमा मनोकाँक्षा पुरा हुने स्थानीयबासीको विश्वास रहेको गुरुङले बताए ।

गाउँबाट माथी रहेको डाँडाबाट उत्तरतर्फ माछापुच्छ«े अन्नपूर्ण लगायतका हिमश्रृङ्खला देख्न सकिने र दक्षिणतर्फ पोखरा शहरको सुन्दर दृश्य देख्न सकिने उनले बताए । रोजगारीको खोजीमा विदेश जाने युवालाई रोक्न गाउँमै तरकारी खेति र पर्यटन प्रवद्र्धन अभियान चलाएको गुरुङले बताए ।

कमेन्टहरु
Loading...