निर्वाचन खर्च कुन कुन निकायले कती पाए ?

मङ्सिर १७,

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले १ दर्जनभन्दा बढी निकायलाई करिव १५ अर्ब रुपैयाँ भुक्तानी दिएको छ । सुरक्षा, मतपत्र छपाई लगायत प्रशासनिक खर्च, भत्ता सुविधा, बन्दोबस्तीका सामान खरिद लगायत शीर्षकमा अर्थ मन्त्रालयले निर्वाचन आयोग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी, गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय लगायत निकायका नाममा १४ अर्ब ८५ करोड ८८ लाख ७७ हजार ८ सय ९ रुपैयाँ निकासा दिएको हो ।


महालेखा परीक्षकको कार्यालयले निकासा भएको रकम आर्थिक अनुशासनभित्र रहेर खर्च गर्न निर्देशन दिएको छ । महालेखा परीक्षक टंकमणि शर्माले फजुल खर्च गरिएको भेटिए लेखापरीक्षणका क्रममा जिम्मेवार अधिकारीहरू नै जवाफदेही हुने बताए । निर्वाचनका नाममा कसैले पनि उन्मुक्ति नपाउने उनले स्पष्ट पारे ।

कमेन्टहरु
Loading...