सातौ हेमजा आलु महोत्सवबाट करिब २ लाख बचत

हेमजा १, भाद्र/पोखरा २७ हेमजा बिष्णुपादुका क्लबको खेल मैदानमा भएको सातौं हेमजा आलू महोत्सबको आयव्यय बिवरण सार्वजनिक गरिएको छ ।

सुन्दर ठाँउ हेमजा जाउँ,आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक भन्ने नारा सहित चैत्र २३ गते देखि ३० गतेसम्म भएको सातौं हेमजा आलु महोत्सबको आय ब्यय मंगलबार सार्वजनिक गरिएको हो ।

महोत्सव मुलआयोजक समितिले प्रवेश टिकटबाट ९ लाख १८ हजार २ सय २० रुपैया, रेष्टुरेन्ट र अन्य स्टल बाट ३ लाख ९९ हजार, बाल उद्यान बाट २ लाख ७० हजार , व्यानर प्रायोजनबाट १ लाख ९५ हजार १ सय ३१ रुपैया, अन्य आर्थिक सहयोग बाट १ लाख २५ हजार र विदेश सहयोगबाट ९३ हजार ८ सय ६१ रुपैया गरी कुल आम्दानी २० लाख १ हजार २ सय १२ रुपैया भएको थियो ।

जसमा उठ्न बाँकी रकम २ लाख ५ हजार सहित महोत्सव अवधिभर विभिन्न शीर्षकमा गरी १८ लाख ४८ हजार ३ सय खर्च भएको छ भने बाँकी १ लाख ५२ हजार ९ सय १२ रुपैया बैकं मौज्दात रहेको जानकारी दिइएको छ ।

कमेन्टहरु
Loading...