सातौ हेमजा आलु महोत्सवको पाँचौ दिनसम्म १७ टन आलुको कारोवार

पोखरा २७ चैत/ सातौ हेमजा आलु महोत्सवको पाँचौ दिन शनिवार दर्शकहरुको घुँइचो लाग्नुका साथै आर्थिक कारोवारमा समेत बृद्धि भएको छ । महोत्सव भित्र र वाहिर गरि १७ टन आलुको कारोवार भएको छ भने २० हजार दर्शकले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । हल्लाको पछि नलागी, बास्तविकता बुझन महोत्सव स्टल अवलोकन गर्न सवैलाई अनुरोध गरिएको महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । शनिवार महोत्सवमा लोक दोहोरी गायक पुरुस्तोम न्यौपाने, कुमार पुन, जयकुमार परियार, सुरज आचार्य लगायतको प्रस्तुती रहेको थियो ।

सुन्दर ठाउँ हेमजा जाऊ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ३० गते सम्म हेमजाको विष्णुपादुका खेलमैदानमा चल्ने छ। महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शन आलुको ठुलो पहाड निर्माण, आलुको विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोक दोहोरी तथा साँगितिक समूहको प्रस्तुति, स्थानीय भेषभुषा झल्कने साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, कृषि प्रदर्शनको अनुगमन, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनीह, महिलाहरुको कृषि गीत प्रतियोगिता सञ्चालन हुने छ।

कमेन्टहरु
Loading...