दोस्रो फुड फेष्टिबलबाट सिटि रेवानलाई २ लाख भन्दा बढी नाफा

गोकुल बानियाँ
पोखरा २५ माघ । पोखरा सिटी रेवानले दोस्रो सिटी रेवान महोत्सब एबं फुड फेष्टिबलबाट दुई लाख भन्दा बढी नाफा कमाएको छ । गत मंसिर १३ देखि २३ गतेसम्म पोखराको नयाबजार स्थित प्रदर्शनी केन्द्रमा सम्पन्न महोत्सबबाट २ लाख ३६ हजार ६ सय ३० रुपैया बचत भएको संस्थाले जनाएको छ । शनिबार महोत्सब एबं फुट फेष्टिबलको आयब्यय सार्बजनिक गर्दै पोखरा सिटि रेवानले कुल ३४ लाख ८४ हजार आम्दानीमा ३२ लाख ४७ हजार ३ सय ७० रुपैया खर्च कटाएर सो रकम बचत भएको जानकारी दिएको हो ।

महोत्सबको लागि बिभिन्न कम्पनीबाट प्रयोजन मार्फत ३ लाख ७० हजार, स्टलबाट १० लाख १५ हजार, टिकट बिक्रिबाट १६ लाख १६ हजार ५ सय आम्दानी भएको आर्थिक संयोजक दिपक शर्माले जानकारी दिए । त्यस्तै बाल उद्यानबाट एक लाख, ब्यानर प्रायोजनबाट ३ लाख ३२ हजार ५ सय र नेपाल पर्यटन बोर्डबाट ५० हजार प्राप्त भएको संस्थाले जनाएको छ ।

यो आम्दानी मध्य बिभिन्न १८ शिर्षकमा खर्च कटाएर बचत भएको रकमको ५ प्रतिशत पर्यटन प्रबद्र्धन र ५ प्रतिशत असहाय बालबालिकालाई खर्च गर्ने पोखरा सिटी रेवानले जनाएको छ । महोत्सब सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामी बर्षमा हुने महोत्सबलाई अझै ब्यबस्थित र नया रुपमा संचालन गर्ने पोखरा सिटी रेवानका अध्यक्ष केपी शर्माले बताए । ११ दिनसम्म चलेको महोत्सवमा झण्डै एक लाख ९० हजार दर्शक भित्रिएका थिए भने तीन करोड भन्दा बढिको आर्थिक कारोबार भएको थियो ।

कमेन्टहरु
Loading...