सौराहमा १२ औ सौराहा फुड फेस्टिबल शुरु

भरतपुर, २८ माघ / प्रेम दिवस (भ्यालेन्टाईन डें)को अबसर पारेर चितवनको सौराहामा आजदेखि १२औं संस्करणको फुड फेष्टिवल सुरु भएको छ । रेष्टुरेष्ट एण्ड वार एसोसिएसन नेपाल (रेवान) सौराहा र रेवान महिला समुह चितवनको आयोजनामा गरिएको फेस्टिबलको पूर्व अर्थमन्त्री एबम एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले उद्घघाटन गर्नुभएको हो । पाण्डेले चितवनको चिनारी को रुपमा रहेको सौराहामा फुड फेस्टिबलले यहाको पर्यटन पुर्बधारमा अझै बिकास हुने र आन्तरिक एबम बाह्य पर्यटनलाइ आकर्षित गर्ने बताउनु भयो ।

उद्घाटन समारोहमा चितवनस्थित विभिन्न सरकारी निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधी, पर्यटन सम्बन्धित विभिन्न संस्थाका पदाधिकारी लगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए । उद्घाटन समारोहमा बोल्दै रेवान केन्द्रिय उपाध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकिय क्षेत्र सौराहले खेलकुदका मार्फत पनि पर्यटन प्रवद्र्धनतर्फ लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गले रेवान पोखरा र सौराहविच लामो समयदेखि भाइचाराको सम्बन्ध रहँदै आएको बताउँदै आगामी दिनहरुमा यस सम्बन्ध थप प्रगाढ हुँदै जाने आशा व्यक्त गरे । साथै उनले नारायणगढ मुग्लिङ्ग सडक खण्ड स्तरिय बनेमा पोखरा र चितवनविच व्यवसायिक सम्बन्ध थप विस्तार हुने औल्याए ।

खाना महोत्सव फुड फेष्टिवलमा यसवर्ष हात्ती वनभोज कार्यक्रम थप गरिएको छ । चितवनको रत्ननगर स्थित सिसवार चौरमा माघ २८ देखि फागुन ३ सम्म १२औं सौराहा फुड फेस्टिबल हुनेछ । यसपटक थप आकर्षणको रुपमा हात्ती वनभोज कार्यक्रम राखिएको महोत्सव संयोजक कपिल रेग्मीले जानकारी दिनुभयो । प्रेम दिवसको दिन फागुन २ गते महोत्सव स्थल सिसवार चौरमा हात्ती पिकनिक हुने छ । सो वनभोजमा करिव ६० हात्ती सहभागि गराईने छ । हात्तीहरुलाई उखु, फलफुल, सखर, धान लगायत हात्तीले मनपर्ने खानाहरु राखेर सामुहिक रुपमा खुवाईने छ ।

रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको सभापतित्वका उद्घाटन समारोह सम्पन्न भएको थियो । समारोहमा बोल्दै अध्यक्ष गिरीले महोत्सवमा आउने पर्यटकलाई रेवानमा आवद्ध होटलहरुको मेनुमा १५ प्रतिशत छुट दिइने बताए । त्यसैगरि महोत्सवका आकर्षणबारे पनि उनले प्रकाश पारेका थिए । महोत्सवमा विभिन्न खानाका परिकार तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती मुख्य आकर्षण रहेको छ । उद्घाटन अगाडी चितवनका विभिन्न साँस्कृतीक समुहले आकर्षक झाँकि प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...