सौन्दर्य पेशालाई व्यावसायीक बनाउन आवश्यक सहयोग गर्ने कास्कीका सभासदको वचन

पोखरा २७, मंसिर /कास्कीका सभासदहरुले सौन्दर्य पेशालाई व्यावसायीक तथा मर्यादित बनाउर्न आफुहरुले सक्दो सहयोग गर्ने बताएका छन । पोखरा महेन्द्रपुलमा रहेको हङकङ हर्वल व्युटी ईन्स्टिच्युटको विहिबार २७ बार्षिकोत्सवको उद्घाटन गर्दै सौन्दर्य पेशालाई सिटिईभिटिइबाट मान्यता प्राप्त नभई अब त्रिभुवन विश्वबिद्यालयबाट समेत मान्यता प्राप्त गर्न सौन्दर्यकर्मीहरुलाई अघि बढेन आग्रह गर्दै आवश्यक सहयोगको लागि आफुहरुले सहजीकरणको रुपमा भुमिका निभाउने कास्कीका तीन सभासदले वचन दिएका हुन ।

hongसभासद सारदा पौडेलले ईन्ष्टिच्युटका संचालक मीना गुरुङको खुलेर प्रंशम्सा गर्दै हिम्मत र साहास वोकेर अघि बढेमा महिलाले समाजमा धेरै गर्न सक्ने बताईन । उनले सपना देख्नु नै सफलताको संकेत भएको बताउदै महिलाहरुलाई सपना देख्न आग्रह गरीन । सभासद सिता गिरी वलीले नागरीकलाई सक्षम बनाउने अभियानमा सौन्दर्य पेशा एक राम्रो व्यवासाय भएको बताउदै जबसम्म महिला आर्थिक रुपमा सक्षम हुदैन तवसम्म देशको विकास नहुने बताईन । सभासद रविन्द्र अधिकारीले सौन्दर्य पेशा हाल सिटिइभिटिईबाट मान्यता प्राप्त गर्न सफल मिना गुरुङकै देन भएको बताउदै अब यस पेशालाई विश्व बिद्यालयबाट मान्यता प्राप्त गर्न पनि सौन्दर्यकर्मीहरुले अगुवाई गर्न आग्रह गरे । उनले भने “ यस सौन्दर्य पेशालाई महिलाले मात्र होईन अब पुरुष साथीहरुले पनि अघि बढाउनु पर्छ ।” जो महिला आफ्नो परिश्रममा बाच्दै आफ्नो खुट्टामा उभिन सक्छ उसलाई सवैले सलोट गर्नुपर्ने अधिकारीले बताए ।

नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य चुडामणि जंगलीले मीना गुरुङ समाजकी एक साहासीक तथा उद्यमी महिला भएकोले उनीबाट समाजका धेरै महिलाहरुले पाठ सिक्नु पर्ने बताए । सामाजिक क्षेत्रमा योगदान दिदै आएकी गुरुङलाई आफुहरुले आवश्यक सहयोग गर्न तयार भएको वचन दिए । ईन्ष्टिच्युटका संचालक, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रीय अध्यक्ष एवं जिफन्ट गण्डकी धौलागीरीका अध्यक्ष समेत रहेकी सौन्दर्यविद मीना गुरुङले सवैको साथ र सहयोग पाएर यस संस्था २७ बर्ष प्रबेस गरेको बताईन । २७ बर्ष प्रबेस गरेको अबसरमा उनले समाजका विभिन्न क्षेत्रका २७ जना महिलाहरुलाई व्यावसायी बनाउन व्युटि सम्बन्धि तालिम दिने घोषणा गरीन । कार्यक्रमा २७ जना अतिथिहरुले सामुहिक रुपमा मैन बत्ति समेत प्रज्वलन गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय आदिवासि जनजाति महिला महासंघ समन्वय परिषद कास्कीका अध्यक्ष राजकुमारी भुजेल, लोकतान्तिक आदिवासि जनजाति महासंघ कास्कीका अध्यक्ष टेकहादुर गुरुङ, अधिवक्ता जुनाकुमारी गुरुङ, प्राति त्रैमासिक पत्रिकाका कार्यकारी सम्पादक दिननाथ बराल लगायतले यौन्दर्य पेशालाई व्यवासायीक बनाउन सवै लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा सभासद यज्ञबहादुर थापा विषेश कारणवश उपस्थीत हुन सकेनन भने अन्य कास्कीका तीन जना सभासदलाई ईन्ष्टिच्युटका संचालक मिना गुरुङ एवं लेप्टेनेन क्षेत्रबहादुर गुरुङले फुल माला लगायर बधाई ज्ञापन गरेका थिए । सोहि अबसरमा ईन्ष्टिच्युटका संचालक गुरुङलाई युनियनका जिल्ला अध्यक्ष पवि गुरुङ, निवर्तमान अध्यक्ष सुमन गुरुङ सहित सौन्दर्यकर्मीले खादा लगायर सफलताको कामना गरेका थिए ।

कमेन्टहरु
Loading...