भारत संग विद्युत् सम्झौता गर्न कुलमान घिसिङ दिल्लीमा

१२ पुस/
कुलमान घिसिङ लगायतको उच्चस्तरीय टोली विद्युत् खरिद सम्झौता पक्का गर्न आज नयाँ दिल्ली प्रस्थान गरेको छ । भारतबाट नेपालले यस हिउँदका लागि करिब ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्न उक्त टोली भारत प्रस्थान गरेको जानकारी दिनुभयो ।

भारतबाट विद्युत् उपलब्ध हुन नसकेमा विद्युत्भार कटौती हुने आशंका बढेको भन्दै प्राधिकरणले दिल्ली बैठकलाई महत्वपूर्ण बैठकका रुपमा लिएको छ ।

कमेन्टहरु
Loading...