लेबनानमा शान्ति सैनिकमा खटिएका एक नेपालीको मृत्यु

पोखरा, २९ फागुन / संयुक्त राष्ट्र संघीय शान्ति मिसनबाट लेबनानमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ ।

लेबनानस्थित युनिफिलले विज्ञप्ति जारी गर्दै मंगलबार दुर्घटनामा परी ती शान्ति सैनिकको मृत्यु भएको उल्लेख गरेको छ । दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको टाउकोमा चोट लागेको थियो ।

उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको युनिफिलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
ती शान्ति सैनिक चार महिनाअघि एक वर्षका लागि लेबनान पुगेका थिए । युनिफिलले मृतक सैनिकको नाम भने खुलाएको छैन ।

कमेन्टहरु
Loading...