पोखरा, १३ भदौ / तनहुँको व्यास नगरपालिका–१२ कमलबारी दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् ।
ग १३ प ७१७० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको ना५९प २९४५ नम्बरको स्कुटर ठोक्किँदा तीन जना घाइते भएका हुन् । उनीहरुलाई उपचारको लागि पोखराको मेट्रोसिटी अस्पताल पोखरा ल्याएको छ ।
घाइते हुनेमा व्यास नगरपालिका–१४ का स्कुटर चालक २६ वर्षीया शर्मिला, स्कुटरको पछाडी बस्ने नवलपरासी निवासी २४ वर्षीय प्रेम बहादुर सिंजाली र मोटरसाइकल चालक व्यास नगरपालिका– १ १९ वर्षीय उमेश तामाङ मगर रहेका छन् ।