स्याङजाको ओरष्टे जादै गरेको जिप दुर्घटनामा ७ घाईते, एकको अवस्था गम्भिर

पोखरा, ९ जेठ /स्याङजाको पुतलीबजार नगरपालिका २ ज्याङदी स्थित भित्री कच्चि सडक खण्डमा प्रगतिनगरबाट ओरष्टे तर्फ जांदै गरेको जिप दुर्घटनामा परेको छ ।

ग१ज ६३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल सुन्दरखोलामा खस्दा जिपका चालक सहित ७ जना घाईते भएका छन् ।

घाईतेहरुलाई उपचारको जिल्ला अस्पताल स्याङजामा उपचार भएको छ भने गम्भिर घाईते भएका चालकको पोखरामा उपचार भई रहेको छ ।

घाईते हुनेमा जिल्ला स्यांङ्जा बिरुवा गापा ४ ओरष्टे बस्ने वर्ष २५ का भिम बहादुर थापा, वर्ष ७० का शुक्र बहादुर राना, वर्ष १७ की सनि थापा, वर्ष २४ का बिष्णु थापा, वर्ष १८ की अप्सरा राना, वर्ष १७ की सपना थापा र चालक वर्ष ३६ को खेम बहादुर राना रहेका छन् ।

कमेन्टहरु
Loading...