सडकबाट खसेर एक जनाको मृत्यु

पोखरा, १४ माघ / गोरखाको गोरखा नगरपालिका–९ कट्टेलडाँडा चोकको सडकबाट खसेर काजिमान थापाको मंगलबार मृत्यु भएको छ ।

मंगलवार विहान ११ बजे सडकबाट १ सय मिटर तल खोलामा खस्दा गोरखा शहिद लखनथापा गाउँपालिका–७ निवासी ३९ वर्षीय काजिमान थापाको मृत्यु प्रहरीले जानकारी दिएको छ ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...