पोखरामा चार दिन देखी हराएका युवकको शव गाडेको अवस्थामा भेटियो

पोखरा, ६ जेठ/ चार दिन अगाडी देखी हराइरहेका एक युवा पोखरामा मृत भेटिएका छन् । कास्कीको मादी गाउँपालिका घर भै हाल पोखरा–२७, लेखनाथको अघौंमा एक युवकको शव गाडेको अवस्थामा फेला परेको हो ।

लेखनाथको सुन्दरीबजारमा बस्दै आएका २४ वर्षिय सुजन विकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । सृर्जना बहिरा स्कुल नजिकै खेतमा कुलोको छेउमा खाल्डो खनेर पुरेको अवस्थामा शव भेटिएको हो । प्रहरीको प्रारम्भीक अनुसन्धानमा मृतक विकको टाउकोमा ढुंगाले हिर्काएर हत्या गरको अनुमान गरेको छ ।

मजदुर काम गर्दै आएका विक वेपत्ता भएपछि परिवारले ईलाका प्रहरी कार्यालयमा खोजी गरीदिनको लागि निवेदन दिएका थिए । पोखरा १४ मा केही दिन अगाडी युवकको शव गाडिएकै अवस्थामा प्रहरीले निकालेको थियो ।

स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालय कास्की र डाँडाकोनाक प्रहरी चौकीबाट खटिएको टोलीले युवकको शव उत्खनन् गरेको थियो । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको छ ।

केही दिन पहिले पोखरा १४ निवासी २२ वर्षीय विमल रानाभाटको शव प्रहरीले भेटाएको थियो । आफ्नै साथी ज्ञानबहादुर परियारले घनले हानेर रानाभाटको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...