एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कैलालीमा मृत भेटिए

कैलाली, १२ वैशाख / निजी विद्यालयको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत भेटिएका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका ९ घर भएको उनको घोडाघोडी नगरपालिका १० मा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार राति उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्ष बस्नेतले जानकारी दिए ।

भुसालको शरिरका केही भागमा चोटहरु रहेको उनले बताए । बस्नेतका अनुसार नाकबाट रगत बगेको, घुँडाले टेकेर हिँडाएको जस्तो देखिएको बताए ।

प्रहरीले उनको मृत्युको विषयमा सोधपुछ गर्न दुई जनालाई नियन्त्रणमा लिएको छ । शव पोर्टमार्टमका लागि सेती प्रदेशिक अस्पताल राखीएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...