मनाङमा जीप दुर्घटना चालकको मृत्यु

पोखरा, ७ असोज/ मनाङ ङिस्याङ गाउँपालिका २ घ्यारु स्थित कच्ची भित्री सडकमा घ्यारूबाट चामेतर्फ आउँदै जीप दुर्घटना भएको छ ।

ग१ज ७२७८ नम्बरको जीप सडकबाट अन्दाजी ५० मिटर तल खस्न गई दुर्घटना हुँदा जीप चालक जिल्ला मकवानपुर हेटौडा बस्ने वर्ष २२ को दाबादोर्जे स्याङताङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी टोलीले घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...