पोखरा, १७ फागुन /पोखरामा होली खेल्नेक्रममा घरको छतबाट खस्दा एक बालक गम्भिर घाइते भएका छन् । पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ बर्षिय आविस्कार रेग्मी घरको छतबाट खस्दा गम्भिर घाइते भएका हुन् ।
उनको पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिनु भयो । घाइते रेग्मीको घाउकोमा चोट लागेको छ । होली खेल्दा आफ्नै घरको दुई तला माथीबाट खसेका हुन् ।
खत्रीले होलीको बेलामा आफ्ना छोराछोरी कसरी र कहाँ सुरक्षी तरिकाले होली खेलेका छन् कि छैनन् सबै अभिभावकले ख्याल गर्नु पर्ने बताए ।