गण्डकी प्रदेशमा तीन जनाको मृत भेटियो

पोखरा, १७ कात्तिक /गण्डकी प्रदेशका विभिन्न जिल्लामा एकैदिन तीनजना मृत भेटिएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित मोदी खोलामा पहिचान नखुलेकी एक महिला मृत भेटिईन् । करिब ५० बर्ष हाराहारीको देखिने महिला मृत भेटिएको प्रहरीले जनाएको छ ।

त्यसै गरि लमजुङको दोर्दी गाउँपालिका बस्ने २७ बर्षका राजन गुरुङ प्यार्दी खोलामा मृत भेटिए । उनको मृत्युको कारणबारे जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।

यस्तै, बागलुङको निसीखोला गाउँपालिकामा ५५ बर्षिय मनबहादुर आचार्यको शव भेटिएको छ । घर देखि दक्षिणमा रहेको सेखावगरको जंगलमा उनको शव भेटिएको हो । तीनवटै घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु
Loading...