पोखराको फेवाताल युवतीको शव फेला

पोखरा, १९ फागुन /पोखराको फेवातालमा युवतीको शव फेला परेको छ । पोखरा ६ गौरीघाटको फेवाताल किनारामा युवतीको शव फेला पारेको हो ।

युवतीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अहिले शवलाई फेवातालबाट बाहिर निकालेको छ ।

को हो कसरी मृत्यु वा हत्या हो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको छ । वडा प्रहरी कार्यलय बैदामको टोली अनुसन्धानका लागि खटिएको छ ।

कमेन्टहरु
Loading...