पोखरा फेवातालमा डुङ्गा डुब्यो, एकको मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, २२ चैत /पोखराको फेवातालमा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ । परिवार सगँ पोखरा घुम्न आएका तनहुँ दुलेगौडा घर भएका ३१ बर्षिय राजु गुरुङको मृत्यु भएको हो ।

बिहीबार दिऊसो तालबराही मन्दिर घुम्ने क्रममा डुङ्गाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मन्दिर दर्शनका लागि गएका तिर्थालुका अनुसार शसस्त्र प्रहरीको मोटरबोटको छालले डुङ्गा असन्तुलीत भए पछि राजु तालमा खसेका थिए ।

उनलाई डुङ्गा व्यवासायी पुकार गुरुङले पौडीएर निकाले पनि बचाउन भने सकेनन् । उपचारका लागि मेट्रो सिटि अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

कमेन्टहरु
Loading...