पोखरामा बस र मोटरसाइकल ठोक्किदा २ को मृत्यु

पोखरा, १५ फागुन / पोखराको चाउथेमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । बुधबार बेलुका पोखरा महानगरपालिका १४ चाउथेमा भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको हो ।

ग १ ख ९५९५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १४ प ५२४ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्जुन चौपारी गाउँपालिका घर भई पोखरा १४ चाउथेमा बस्दै आएका ईश्वरबहादुर क्षेत्री र मेखबहादुर क्षेत्री रहेका छन् ।

बसको ठक्करबाट गम्भिर घाइते भएका दुईको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइ रहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...