बालगृहबाट भागेका बन्दी स्याङ्जाबाट पक्राउ

पोखरा, १३ चैत /कास्की प्रहरीले पोखरामा रहेको बालसुधार गृहबाट भगेका एक बालबन्दीलाई स्याङ्जाबाट पक्राउ गरेको छ ।

पोखरालेखनाथ महानगरपालिका बडा १८ सराङकोटमा रहेको बालसुधार गृहबाट जिल्ला दाङ शान्तिनगर एक्लेका १४ बर्षिय प्रविण चौधरीलाई स्याङ्जाबाट पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्धामा फागुन २३ मा बाल सुधार गृह सराङकोटमा ल्याएकोमा चैत ३ गते चौधरी फरार भएको थियो । बाल गृहकै पर्खाल फड्की भागेको उनलाई कास्की प्रहरीको अनुसन्धान टोलिले भाग्न सक्ने सम्भावित स्थानमा खोज तलास गरी स्याङ्जाबाट पक्राउ गरेको हो ।

चौधरीलाई प्रहरीले स्याङजाको आँधीखोला गाउपालिका बडा नं ५ जुग्लेबाट पक्राउगरी पोखरा ल्याएको हो ।

कमेन्टहरु
Loading...