साढे दुई वर्षीय बालकको घाँटी रेटेर हत्या

धनुषा, २४ बैशाख ​/ धनुषामा साढे दुई वर्षको बालकको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साहको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको हो । सोमबारदेखि हराइरहेका बालकको आफ्नै घर पछाडीको आँपको बगैँचामा मंगलबार बिहान शव फेला परेको हो ।

बालक सोमबार दिउँसो घरबाट बेपत्ता भएपछि प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरीसहित स्थानीयले खोजी गरिरहेका थिए । बालकको अपहरणपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भैरहेकोले अनुसन्धानपछि मात्र घटनाबारे जानकारी दिन सकिने प्रहरीले जनाएको छ ।वैदेशिक रोजगारीमा गएका शम्भुको दुई छोरी र एक मात्र छोरा थिए ।

कमेन्टहरु
Loading...