भारतबाट फर्किएर घर जादै गरेका चढेको गाडी दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौं, १९ जेठ / बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरियाको जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । अन्य केही जना घाइते भएका छन् ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाइते भएकाहरुको नेपालगञ्जमा उपचार भइरहेको छ ।

मृतकको सनाखत नभएको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कमेन्टहरु
Loading...