गुडीरहेको ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

पोखरा, २२ माघ/ गुडीरहेको ट्याक्टरबाट खसेर पर्वतमा एक ट्याक्टरका सहचालक मृत्यु भएको छ ।

पर्वतको मालढुङ्गा बेनी सडक खण्डमा पर्वतको जलजला गाउँपालिका– ७ मिलनचोकमा ट्याक्टरबाट खसेका बागलुङ्ग जिल्ला घर भएका १९ बर्षिय उत्सब थापाको मृत्यु भएको हो ।

पर्वतको मालढुङ्गाबाट बेनी तर्फ ईटा लिएर जादै गरेको ध १ त २४२ नम्बरको ट्याक्टरबाट खसेका थापालाई उपचारका लागि म्यादी अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषित गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...