अष्ट्रेलिया/ नेपाली युवतीले अष्ट्रेलियामा श्रीमानमाथि धारिलो हतियार प्रयोग गरेर हत्या गरेकी छिन् । प्रहरीले शनिबार राती ग्रानभिल स्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोष गौतमलाई गहिरो चोट लागेको अवस्थामा भेटेको अष्ट्रेलियाको समाचार वेबसाइट 9news.com.au मा उल्लेख छ ।
गहिरो चोट लागेका सन्तोषको स्टमेड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ३४ वर्षे नुमा गौतमलाई श्रीमानको हत्याको आरोप लागेको छ ।
नुमाले आफ्नो श्रीमानलाई एकपटक काँधमा चक्कुले प्रहार गरेकी थिइन् । उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ । नुमालाई प्रहरीले ग्रान्डभिल पुलिस स्टेशनमा राखेको छ ।
घटनाको केही घण्टा अघि गौतमलाई नजिकैको टायर पसलबाट श्रीमती र ८ वर्षे छोरी भएको घरमा फिर्ता भइरहेको सिसिटीभी क्यामरामा देख्न सकिन्छ । परिवार र आफन्तले यो जोडी केही महिना अघिदेखि आफ्नो भिसाका कारण चिन्तित भएको बताए ।
अष्ट्रेलियामा थप बस्न पाउने हो होइन भनेर यी दुई चिन्तित भएको अनलाइन संस्करण उल्लेख छ । गौतम नेपाली क्रिकेट संघका सदस्य पनि थिए । संघले आइतबार आयोजना हुन लागेको आफ्नो ए–ग्रेड म्याच पनि रद्द गरेको बताएको छ ।