पोखरामा सडकमै फोटो प्रदर्शनी शुरु

पोखरा, ११  फागुन/सुन्दर नेपाल, शान्त नेपाल’ भन्ने मूलनारासहित आजदेखि पोखरामा फोटोमेला शुरु भएको छ । मेलाको आज पहिलो दिन लेकसाइडबाट शुरु भएको मेला भोली शनिबार चिप्लेढुङ्गामा प्रर्दशनी गरिनेछ । राष्ट्रिय फोटो पत्रकार समूह, कास्कीले आयोजना गरेको दुई दिने मेलामा पोखरा, काठमाण्डौ, वीरगञ्ज, बाग्लुङ, अन्नपूर्ण पदयात्रा, सगरमाथा लगायतका क्षेत्रमा खिचिएका करिब १ सयभन्दा बढी फोटाहरु मेलामा राखिएको अध्यक्ष कृष्णमणि बरालले जानकारी दिए ।
धेरै मानिसलाई मेलामा सहभागी गराउने उद्देश्यले  सडकमै मेलाको आयोजना गरिएको उनले बताए । मेलामा राखीएका फोटाहरुलाई विदेशी पर्यटक तथा अन्तरिक पर्यटकले उत्साहाका साथ अवलोकन गरिरहेका छन् । बाराही चोकदेखि करिब साढे १ किलोमिटर सडक पेटीमा राखिएका फोटाहरुले विदेशीको मन जित्न सफल भएको छ ।

मेलामा पोखरा र आसपासका बिभिन्न जाता जातिका भेषभूषा, रहनसहन ,लोपोन्मुख जात जातिका संस्कृती, ताल, हिमाल र गुफासमेटर  खिचिएका यस क्षेत्रका करिव ४०  वटा गरी सयभन्दा बढी फोटाहरु राखिएको छ । यस अघि काठमाण्डौं, विरगजमा फोटो मेला सम्पन्न भईसकेको छ भने आगामी दिन बाग्लुङ्गमा फोटो प्रर्दशनी गरिने छ । केन्द्रीय अध्यक्ष कविन्द्रमान श्रेष्ठले सबैलाई फोटा अवलोकन गराउने उद्देश्यले नै मेलाको आयोजना गरेको र आगामी दिनका अन्य ठाउँमा समेत फोटो मेलालाई निरन्तरता दिने बताए ।

कमेन्टहरु
Loading...