निकिशालाई दुव्र्यवहार गरेको भिडियो सार्वजनिक गर्नेमध्ये १ जना पक्राउ

काठमाडौं । निकिशा श्रेष्ठलाई दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नेमध्ये १ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर २ टौमढीका विशेष जोशीलाई आज बिहान पक्राउ गरेको हो ।

जोशीले श्रेष्ठमाथि दुव्र्यवहार भएको भिडियो टिकटकमा सार्वजनिक गरेका थिए । प्रहरीले जानकारी दिए अनुसार सो भिडियो खिच्ने जोशी नै हुन् । तर थप अनुसन्धान भने जारी छ ।

सो भिडियोमा निकिशालाई विभिन्न किसिमका अपमानजनक शब्द प्रयोग गरिएको थियो । आफूमाथि अपमानजनक शब्द प्रयोग गर्दै दुव्र्यवहार गरिएपछि निकिशाले उनीहरुलाई लखेट्दै गरेको भिडियोमा देख्न सकिन्छ ।

भक्तपुरमा निकिशामाथि दुव्र्यवहार भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भए पछि आलोचना भएको थियो ।

आलोचना पश्चात प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्युरोलाई श्रेष्ठलाई दुव्र्यवहार गर्नेहरुको विषयमा अनुसन्धान गरेर कारवाही गर्न निर्देशन दिएको थियो ।

निकिशालाई दुव्र्यवहार गर्ने अर्का व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...