काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १ सय १२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन महाकवि देवकोटाको जन्म भएको थियो ।
देवकोटाले दश वर्षका उमेरमा कविता लेख्न सुरु गरेका थिए ।
देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका उनका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।