पुनाको भारतीय आर्मी क्याम्पबाट नेपाली महिला पक्राउ

गन्थन डेस्क

दक्षिणी भारतको पुनास्थित आर्मी क्याम्पबाट एक नेपाली महिला पक्राउ परेकी छिन् । उनलाई सेनाको क्वार्टरबाट पक्राउ गरिएको पिम्प्री–चिन्चवाड पुलिस स्टेशनले जनाएको छ ।

 

भारतीय मिडिया दी इन्डियन एक्सप्रेसका अनुसार नेपाली महिलालाई दपौडीस्थित सुरक्षा संवेदनशील क्षेत्रमा रहेको कलेज अफ मिलिटरी इञ्जिनियरिङबाट पक्राउ गरिएको हो । उक्त कलेजमा एक क्याप्टेनको क्वार्टरमा उनी फेला परेकी थिइन् ।

 

समाचारकाअनुसार नेपाली महिलाको नाम एलिसा मनोज पाण्डे खड्का, ठेगाना नवलपरासी, लुम्बिनी र उमेर २६ वर्ष उल्लेख छ । उनी केही महिना अघिदेखि क्वार्टरमै रहेको प्रहरीले बताएको छ ।

 

भारतीय प्रहरीले खड्कालाई ‘अफिसियल सेक्रेट्स एक्ट’ अनुसार मुद्दा चलाइने तयारी गरेको छ । उनलाई नोभेम्बर १२ तारिखमा पक्राउ गरिएको हो । समाचारमा जनाइएअनुसार आर्मीका क्याप्टेन र खड्काबीच लेनदेन छ । खड्काले गत मार्च २३ को राति करिब साढे ११ बजे आर्मी क्याम्पको पर्खाल नाघेर क्वार्टर पुगेको बताएकी छिन् ।

 

प्रहरीको अनुसन्धानले क्याप्टेन र खड्काको भेट कोरेगाँवस्थित एक पबमा पहिलो पटक भेट भएको थियो । खड्कासँगै यस मुद्दामा क्याप्टेनलाई पनि कारवाहीको प्रक्रिया थालिएको छ । ‘हामीले सेनाको क्याप्टेनलाई पनि कारवाहीको दायरामा ल्याएका छौं’ सिनियर पुलिस इन्सपेक्टर संकत आवताडेले भने ।

 

प्रहरीले खड्का यसअघि अन्य देशमासमेत बसेको पत्ता लागेको र भारत आउनुको प्रमुख कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...