फाइल तस्बिर
गन्थन डेस्क
सन् ७० र ८० को दशकमा बेलायतको डर्हाम क्षेत्रमा १३ जना महिलाको श्रृंखलाबद्ध हत्यामा जेल सजाय बिताइरहेका पिटर विलियम सर्टक्लिफको शुक्रबार दिउँसो मृत्यु भएको छ । उनी ७४ वर्षका थिए ।
श्रृंखलबाट हत्यामा संलग्न भएपछि उनलाई बेलायती मिडियाले ‘योर्कशायर रिपर’को नामा दिएका थिए । १३ हत्यासँगै अन्यको हत्या प्रयास गर्दा ७ जना घाइते भएका थिए । उनै पिटरको युनिवर्सिटी हस्पिटल अफ नर्थ डर्हाममा मृत्यु भएको हो । उनलाई प्रहरीले २२ मे १९८१ मा पक्राउ गरेका थिए ।
गत साता मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल पु¥याइएको थियो । उनलाई अघिल्लो शुक्रकार कोरोना पुष्टी भएको थियो । ५ दिनको उपचारपछि बिहीबार जेलमा फर्काइएका पिटरको आज दिउँसो मृत्यु भएको हो ।
कोरोना पुष्टी भएपनि पिटरले उपचार गर्न मानेनन् । र, जेल फर्काइएको बेलायती मिडया डेलीमेलले जनाएको छ । त्यस्तै, संक्रमण पुष्टी भएपछि उनलाई जेलकै आइशोलेसनमा राखिएको थियो । पिटरमा मुटुसँगै एन्जिना र डायबिटिजसमेत रहेको अस्पतालले जनाएको छ ।
ब्राडफोर्डको पश्चिमी योर्कशायर निवासी पिटरले ‘मिसन फ्रम गड’ भन्दै १६ देखि ४७ वर्षीया महिलाको हत्या गरेका थिए । उनले हत्या गरेका महिला प्रायः यौन व्यवसायी भएको बताइएको छ । उनले सन् १९७५ मा पहिलो पटक हत्या गर्ने उद्देश्यअनुरुप ३ महिलामाथि आक्रमण गरेपनि उनीहरुले ज्यान बचाउन सफल भएका थिए । उक्त घटनामा प्रहरीले कुनै सुराक पाउन सकेन ।
प्रहरीको असफलताबाट हौसिएका पिटरले त्यसपछि हत्याको श्रृंखला नै रचे । सन् १९७९ मा १९ वर्षीया जोसेफाइन व्हाइटेकरको हत्या गरेपछि भने उनी उम्कन सकेनन् । त्यस्तै, प्रहरीले २ स्वीडिश महिलाको समेत हत्या गरेको आरोप लगाउँदै अनुसन्धान जारी राखेको थियो । हत्याको अनुसन्धानमा पटपटक प्रहरीले पिटरसँग सोधपुछ गर्दै आएपनि उनी निर्दाेष प्रमाणित गराउन सफल भएका थिए ।