म गर्दिन कोरोना टेस्ट

जब मलार्ई रुघा लाग्छ, घाँटीमा केही अड्केको महसुस हुन्छ, टाउको दुख्छ ज्वरो आउँछ, अनि म आत्तिन्छु । भौतारिन्छु कि कतै मलार्ई कोरोना त लागेन ? कतै म कोरोनाकै कारण मर्न त मर्दिन । अनेकौ तनाव र समस्याले मलाई यति गिजोल्छ कि, लाग्छ कोरोना लागेर मर्नुभन्दा यसै पुलबाट हाम फालौं । किनकी यहाँ कोरोना लाग्यो भने म मेरो रोगले त्रसित त छँदैछु, त्योभन्दा ठूलो रोग समाजको मानसिकता र अस्पतालको महंगी छ ।

हो । मलाई कोरोना लागेको महसुस भएको छ । तर पनि म मेरो परीक्षण मात्रसम्म गर्न जान सक्दिन । र सकुँ पनि कसरी ? कोरोना परीक्षण गर्न जाँदाको भीड त छँदै छ, मलाई परीक्षण गर्न गयो यो भन्ने बित्तिकै मेरो वरिपरिको साथीभाइ, छरछिमेकीको छतमाथिबाटको गिद्दे दृष्टिले यति पिरोल्छ कि मानौं, ठूलै अपराध गरेर जेल जान लागेको जस्तो आभास गराउँछ ।

परीक्षण ग¥यो नेगेटिभ आउँछ कि पोजेटिभ आउँछ थाहा छैन । आफूलाई छुट्टै बस्न होटेलको व्यवस्था आफैंले गरेर मौन बस्नुको बाध्यता त छँदै छ । त्यसमाथि नेगेटिभ आए ठीकै छ । तर पोजेटिभ आयो भने म खतम भएँ, म बर्बाद भएँ, म मरें ।

मेरो शरीरमाथि यति खेलवाड र सम्झौता हुन्छ कि, मलाई गर्ने व्यवहार त छँदै छ, मैले कमाएको मसंग भएको मेरो शरीरसंगै सबै सक्किनेवाला छ भन्नेमा म करिब–करिब निश्चित नै छु ।

न अस्पताल मा बेड छ, न उपचारको लागि औषधि छ, न कुनै आत्मबलको हौसला कतै छ । र मलाई थाहा छ कि अस्पताल गएर दिनको २०/३० हजार पैसा खर्च गर्ने मसंग सामथ्र्य छैन । त्यसैले अब म पिल्सेरै आफ्नै हातको भाग्य रेखा हेर्दै बस्नुको विकल्प रहेन ।

खै, सरकारलाई पनि कति गाली गर्नु ? मेरो मनमा यस्तो विषम् परिस्थितिमा के गर्नुपर्छ भन्ने कुरा मनमा घुमिरहेको छ । तर मेरो देशका १ थान मनुवाको दिमाग यसरी नाचेको छ कि, मौकाको फाइदा हिसाब किताब र जोड घटाउमा खर्चिरहेका छन् । आज यति म¥यो, आज यति जनालाई लाग्यो भनेको सुन्दासम्म ठीक छ । तर आज यति मात्र म¥यो, आज यतिलाई मात्र लाग्यो, हिजोको तुलनामा आज कम भयो, बढी भयो, भन्दा कठै मेरो देश भनेर भक्कानो छुट्छ ।

समस्या समधान छ भने पो टेस्ट गर्नु । नेगेटिभ आए दुखि पोजेटिभ आए खुसी हुने स्वास्थ्यमा चरम भ्रष्ट मानसिकता भएकाहरु भएपछि हामीले कसलाई विश्वास गर्ने, पैसा भएकाले सबै पाए, बेड पाए, उपचार पाए, जीवन पाए । तर हामी जस्ता मान्छेलाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ नै भइरहेको छ ।

म मर्न लागे मेरो सास रोकिएको छ, लौन न मलाई उपचार गर्देउ, भन्दा उपचार त के अस्पतालमा सुत्नसम्म पनि बेड पाइँदैन । दिनको लाख तिर्नेको लागि मात्र हो अस्पताल ? हैन भने कि घरमै मर भन्नुप¥यो । नत्र हाम्रा लागि पनि केही मानवता देखाउन प¥यो सम्बन्धित निकायले ।

हैन भने म किन जाने कोरोना टेस्ट गर्न ? के समाज हँसाउन आफ्नो मनोबल गिराउन, मसंग भएको थोरै भएपनि जोडेको सम्पति सक्काउन ? नत्र अर्थ नै छैन मेरो ज्यानको हिसाब किताबमा जोड घटाउ गर्ने अधिकार म आफैंलाई छैन भने दलाल भ्रष्ट मानसिकता भएका मनुवालाई कसरी छ ? पैसा हुने र दिन सक्नेलाई राख । नत्र सबै कोरोना पोजेटिबलाई छट्पटीमा राख्नुभन्दा डोजर चलाउ अनि गर हिसाब किताब कति नाफा कति घाटाको ।

हामी जस्ताको लागि सरकारले दुख पर्दा हेर्दैन भने हामी सोझो जनताले कसरी गर्व गर्ने ? कसरी हामीले सेक्योर महसुस गर्ने कि हाम्रो सरकार छ भनेर ? सरकार छ । प्रदेश सरकार छ । स्थानीय सरकार छ । तर सरकार छन् त केवल नफा घाटाको हिसाब किताब मात्र गर्नका लागि । अहिलेसम्म कै बलियो सरकारबाट यस्तो लाचारीपन हुन्छ भन्ने मैले सोचेको थिइन । त्यसैले आज म गलत सावित भएँ ।

सरकारले गरे के हुन्न भन्ने लाग्थ्यो । तर सही मानसिकता र सकारात्मक सोच भएका मान्छेभन्दा भ्रष्ट दलाल मानसिकताले ग्रसित भएपछि परिणाम आउने नै यस्तै हो भन्नु बाहेक अरु विकल्प नै छैन । मलाई कोरोना लाग्यो कि भनेर उपचार त के टेस्ट गर्न समेत जानलाई मैले यति धेरै सोच्न पर्ने बाध्यता पर्छ भने खै को संग कति अपेक्षा गरौं ?

यत्रा संयन्त्र छन्, देश छ, सरकार छ, समुदाय छ, गाउँ टोल छरछिमेक सबै छ । तर म एक्लो छु किन कि मलाई कोरोना लागेको आभास भएको को छ । न कसैलाइ भन्न सक्छु, न कतै जान सक्छु । म आफ्नो काम गरिरहेको छु बेलुकाको छाक टार्न । हिँड्दा हिँड्दै ढ्ल्छु । तर जोड घटाउमा म सहभागी म हुन्न । माफ गर्नुस् मलाई ।

कमेन्टहरु
Loading...