फेसबुकमा बलात्कारी संगठन ग्रुप खोल्ने पाल्पाका अभिषेक पक्राउ

फेसबुकमा बलात्कारी संगठन ग्रुप खोल्ने पाल्पाका अभिषेक नेपाललाई प्रहरी मंगलबार पक्राउ गरेको छ ।

बलात्कार जस्तो जघन्य अपराधलाई दुरुत्साहन तबरले अश्लिल सामाग्री पोष्ट गरेको आरोपमा उनलाई घर नजिकैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बलात्कार जस्तो जघन्य अपराध बढिरहेको बेला सामाजिक सञ्जालमा ग्रुप नै खोलेर बलात्कारसम्बन्धी पोष्ट गर्नेलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने आवाज उठेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

उनीमाथि विद्युतीय कारोबार ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...