आफ्नै काकालाई हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

पोखरा । आफ्नै काकालाई हत्या गरि फरार रहेका एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुंगा घर भई बिगत ३ बर्षदेखी पोखरा आसपासमा मजदुरी काम गर्दै आएका ५५ वर्षीय टंक बहादुर तामाङ हत्या गरेको आरोपमा उनकै भतिज ४६ वर्षको इन्द्र बहादुर तामाङ कास्की प्रहरीले पक्राउ गरेको छ ।

मजुवा बिसौना बिजयपुर कोट पर्यटकिय पैदल मार्ग निर्माणको काम गर्दै आएका बर्ष टंक बहादुरको शव बैशाख २१ ग्ते बिहान मजुवा जंगल छेउमा टाउको तथा अनुहारमा गम्भिर चोट लागि रगताम्य भई मृत अवस्थामा फेला परेको थियो ।

आफ्नै बाबुको हत्या गरेको भन्दै मृतकका छोराले अंकल इन्द्र बहादुर विरुद्ध किटानी जाहेरी दिएका थिए ।

कास्की प्रहरीलले आरोपितलाई कात्तिक २ गते लमजुङ सोती पसलबाट पक्राउ गरि कास्की ल्याएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

कमेन्टहरु
Loading...