रौतहटमा किशोरीको हत्या गरेको आंशकामा काका/काकी नै पक्राउ

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ छतौनामा बुधबार दिउँसो ४ बजे १ युवतीको शव भेटिएको छ । छातौनाका महमद धुनियाकी १७ वर्षीय छोरी रोबिना मन्सुरीको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय गंगापिपराको टोली किशोरीको शव भेटिएको खबर पाउनासाथ घटनास्थल पुगेको थियो । घटनामा संलग्न भएको आशंकामा २ जना पक्राउ परेका छन् । फुल महम्मद तथा सहनाज मन्सुरी प्रहरीद्वारा पक्राउ परेका हुन् ।

पक्राउ परेका २ जना नाताले युवतीका काका/काकी रहेको प्रहरीले बताएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार युवतीका काका/काकी सहित छतौनाका लाल महमद तथा नसुरुद्दीन मन्सुरीले छिमेकी जनरल कवाडीको घरमा शव राखेर फरार भएका थिए । जसमध्ये २ जना पक्राउ परेका छन् भने २ जना फरार भएका छन् ।

फरार भएकाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...