दक्षिण कोरियाको सेप्टेम्बरमा उपभोक्ता मूल्य १ प्रतिशतले वृद्धि

एजेन्सी । उपभोक्ता मूल्य सुचांक (सिपिआई) सेप्टेम्बरमा अघिल्लो वर्ष पहिलेको तुलनामा १ प्रतिशतले वृद्धि भएको कोरियाली तथ्यांक कार्यालयले मंगलबार उल्लेख गरेको छ ।

उपभोक्ता मूल्य सुचांक सेप्टेम्बरमा १०६.२० अंक पुगेको र मार्चपछि पहिलो पटक सेप्टेम्बरमा उपभोक्ता मूल्यमा अत्यधिक छिटो वृद्धि भएको हो । उपभोक्ता मुद्रास्फीति मार्चमा १ प्रतिशतबाट अप्रिलमा ०.१ प्रतिशतमा झरेको थियो भने मेमा ०.३ प्रतिशतले रेकर्ड भएको थियो । जुलाईमा ०.३ प्रतिशत वृद्धि कायम रहेको उपभोक्ता मूल्य अगस्टमा बढेर ०.७ प्रतिशत पुगेको थियो ।

सेप्टेम्बरको वृद्धिमा वर्षा ऋतुको लामो अवधिसम्म कृषि सामानको मूल्यवृद्धिको श्रेय रहेको बताइएको छ ।

कृषि, पशुपालन र मत्स्यपालन उत्पादनको मूल्य एक वर्षअघि सेप्टेम्बरमा १३.५ प्रतिशतले बढेको थियो । यो वृद्धि साढे ९ वर्षमा अर्थात् मार्च २०११ पछि सबैभन्दा उच्च हो । कच्चा तेल (पेट्रोलियम पदार्थ) को मूल्य सस्तो भएपछि दक्षिण कोरियामा औद्योगिक उत्पादनको मूल्यमा संकुचन आएको थियो ।

अस्थिर कृषि र तेल उत्पादनबाहेक दक्षिण कोरियामा उपभोक्ता मूल्यमा गत वर्षभन्दा सेप्टेम्बरमा ०.९ प्रतिशतले बढेको बताइएको छ । रासस

कमेन्टहरु
Loading...