काठमाडौँ । स्पेनका पाब्लो कारेनो बुस्तालाई पराजित गर्दै जर्मन खेलाडी अलेक्जान्डर स्वेरेभ पहिलोपटक ग्राण्ड सलामको फाइनलमा पुगेका छन्। नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा स्वेरेभ युएस ओपन टेनिसको फाइनलमा पुगेका हुन् ।
सुरुका दुई सेटमा पछि परेका २३ वर्षे स्वेरेभले त्यसपछि शानदार पुनरागमन गरी नतिजा आफ्नो पक्षमा पारेका हुन् । पाँचौँ बरियताका स्वेरेभ २० औँ बरिताका बुस्तासँग पहिलो दुई सेटमा ३–६ र २–६ ले पराजित परेका थिए । त्यसपछि उनी खेलमा फर्किए ।
स्वेरेभले समग्रमा ३–६, २–६, ६–३, ६–४ र ६–३ को सेटमा जित निकालेका हुन्।
स्वेरेभले उपाधिका लागि आइतबार डोमिनिक थिएम वा डानिल मेडभेडेभसँग प्रतिस्पर्धा गर्ने छन् । दोस्रो बरियताका अस्ट्रियन थिएमले तेस्रो बरियताका रुसी खेलाडी मेडभेडेभसँग सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेका छन् ।