कास्की जिल्ला डोरीतान संघको आयोजनामा जिल्ला स्तरिय खुल्ला महिला डोरीतान प्रतियोगिता हुने भएको छ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका (तीज) को अवसरमा खुल्ला महिला डोरीतान प्रतियोगिता-२०८२ आयोजना गर्न लागिएको संघका अध्यक्ष बिष्णुहरि भुगाइले जानकारी दिए । प्रतियोगिता २०८२ भाद्र ६ गते, शुक्रबार नमस्ते पार्टी प्यालेसमा हुने आयोजकले जनानारी दिएको छ । प्रतियोगितामा प्रथम, दितिय, तृतिय र सान्त्त्वना हुने टिमलाई क्रमश नगद रु ३०,०००, २०,०००, १०,०००, ५,००० मेडल र प्रमाणपत्र ले सम्मान गरीनेछ ।
चौथो कास्की जिल्ला स्तरिय खुल्ला महिला डोरीतान प्रतियोगिता २०८२ को नियमहरु निम्न रहेका छन ।
१. यो प्रतियोगितामा भाग लिन नेपालि नागरिकताभएका कास्की जिल्ला भित्र बसोबास गरेको हुनुपर्ने छ ।
२. यस प्रतियोगितामा एक टिममा ८ जना (अतिरिक्त १) सहित जम्मा ९ जना खेलाडी, १ जना व्यवस्थापक र १ जना प्रशिक्षक गरि जम्मा ११ जना सहभागि हुनेछन ।
३. यस प्रतियोगितामा सहभागि खेल्ने खेलाडिहरुको तौल जम्मा ५६० के.जि भन्दा बढि हुन पाउने छैन ।
४. यस प्रतियोगितामा खेलाडिको पोसाक अनिवार्य हुनुपर्ने छ ।
५. यस प्रतियोगिताको सम्पुर्ण खेलहरु नकआउट/लिग चरणको आधारमा खेलाईने छ ।
६. यस प्रतियोगितामा सहभागि हुन दर्ता शुल्क बापट रु १ हजार ५ सय रुपैया लाग्नेछ ।
७. यस प्रतियोगितामा कुनै पनि दुर्घटना भएमा प्राथमिक उपचार बाहेक अन्य सम्पूर्ण उपचार सम्बन्धित खेलाडि वा टिम स्वयले गर्नुपर्ने छ ।
८. यस प्रतियोगिताको खेल तालिका आयोजकले निर्धारण गरे बमोजिम हुनेछ ।
५. यस प्रतियोगितामा कुनै बिबाद भएमा अफिसियलको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
१०. यस प्रतियोगितामा प्रथम, दितिय, तृतिय र सान्त्त्वना हुने टिमलाई क्रमश नगद रु ३०,०००/-, २०,०००/-, १०,०००/- ५,०००/- मेडल र प्रमाणपत्र ले सम्मान गरीनेछ ।
११. यस प्रतियोगितामा सहभागि हुन २०८२ भाद्र ४ गते बेलुका ५ बजे सम्म सुर्यतारा क्लब पोखराको कार्यालय पोखरा-२५ को सचिवालयमा टिम दर्ता गरीसक्नु पर्नेछ ।