ने क पा (एमाले) पोखरा १५ को निर्बाचन परिचालन कमिटीको कार्यालय सो वडाका जेन्जी युबाहरूले उद्घाटन गरेका छन।
सो क्रममा युबाहरूले रश्मि आचार्य सबैको साझा उम्मेदवार भएको बताएका छन् ।
उनीहरुले युबाहरूको एजेन्डा कार्यान्वयन गर्न युबा उम्मेदवारलाई सफल बनाउनुपर्ने भन्दै युबालाई नेतृत्व मा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन । हामी हाम्रा उम्मेदवार भन्दा देशको निति निर्माण तहमा सक्रिय र हस्तक्षेपकारी भुमिका खेल्न सक्ने राम्रा युबा उम्मेदवारको खोजिमा थियौ अब त्यो इच्छा कास्की २ बाट रश्मि आचार्यलाई बिजयी गराएर पूरा गर्छौं उनीहरुले भनेका छन ।
सो क्रममा उम्मेदवार आचार्यले आफू उत्साहका साथ युबाहरूको ससक्तिकरण सहितका महत्त्वपूर्ण एजेन्डामा कटिबद्धता सहित आएको भन्दै सबैको सुझाव मार्फत कार्य योजना निर्माण गर्ने उल्लेख गरे।
आम क्षेत्र न २ बासिन्दाको सुझाब समेतलाई समेटेर प्रतिबद्धता पत्र तयार गरेको उल्लेख गर्दै उम्मेदवार आचार्यले
आफै सुझाव संकलन गरेका छन।
टोल टोलका आबश्यकताटोल टोलका आबश्यकता र जन धारणा सहित युबालाइ समेट्न अगाडि बढेकोमा युबाहरूले उम्मेदवार आचार्यलाई धन्यवाद व्यक्त गर्दै बिजयको सुनिश्चितताका लागि जिम्मेवार ढंगले अगाडी बढ्ने प्रण गरेका छन् ।