रोनाल्डोको कीर्तिमान : सय गोल पूरा

काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गरेका छन् । योसँगै उनी पुरुष फुटबलमा राष्ट्रिय टिमबाट १ सय गोल गर्ने पहिलो युरोपियन खेलाडी बनेका छन् ।

गएको नोभेम्बरमा पोर्चुगलका लागि ९९ औँ गोल गरेका रोनाल्डोले मंगलबार राति युइएफए नेशन्स कप अन्तर्गत लिग ए को खेलमा १०० औँ र १०१ औँ गोल गरे हुन् । त्यस्तै रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले गएरातिको युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २(० ले पराजित गरेको छ ।

३५ वर्षीय युभेन्ट्सका फरवार्ड रोनाल्डोले ४५औं मिनेटमा पहिलो गोल गर्दै १०० गोल पूरा गरे । ८१ मिनेट मैदानमा रहेका उनले ७२ औं मिनेटमा दोस्रो गोल गरे ।

अब उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।

अलीले सन् १९९३(२००६ बीच १०९ गोल गरेका थिए । रोनाल्डोको पछाडि रहेका भारतका सुनिल क्षेत्रीले ७२ र अर्जेन्टिनाका लिओनल मेसीले ७० गोल गरेका छन् ।

कमेन्टहरु
Loading...