गन्थन डेस्क
हिमालय आँखा अस्पताल घारीपाटनका लेखा अधिकृत वामदेव सुवेदीलाई बलात्कार अभियोगमा प्रहरीले पोखरा मासबारस्थित निवासबाट पक्राउ गरेको छ ।
अस्पतालमा कार्यरत १ महिला कर्मचारीले सुवेदीविरुद्ध उजुरी गरेपछि वडा प्रहरी कार्यालय, बैदामको टोलीले उनलाई पक्राउ गरेको हो । अस्पतालको कर्मचारी युनियनका एक सदस्यले गन्थनलाई जनाएअनुसार अन्य ४ जना महिलाले पनि सुवेदीबाट दूव्र्यवहार भएको जनाएका छन् ।
कर्मचारीले अस्पतालबाट पाउने सेवा, सुविधा पाउन सुवेदीमार्फत जानु पर्ने र सोही समयमा उनले विभिन्न तवरबाट दूव्र्यवहार गर्ने महिलाहरुले बताएका छन् ।
आन्तरीकतवरले सहमति गराउने प्रयास भइरहे पनि सोमबार बेलुकी पीडितको आफन्तहरुले प्रहरीमा जान सुझाएका थिए ।
त्यस्तै, पीडितका आफन्तहरुले निशूल्क कानूनी सेवा प्रवाहका लागि वकिलको व्यवस्था गर्ने तयारीमा समेत जुटेका छन् ।