जगन गुरुङ( कान्छा)को शव पोखरा ल्याइयो

कास्की ।  बुधबार राती आफ्नै घरमा आत्महत्या गरेका पुरुषको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ धम्पुसमा गएराती अन्दाजी ४५ वर्षिरी जगन गुरुङ ( कान्छा )ले आफ्नै घरमा पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन् । उनलाई राती नै झुन्डिएको अवस्थामा फेला परेका थिए । श्रीमती र छोरा एउटा कोठामा सुतिरहेको बेला गुरुङ अर्को कोठामा मृत भेटिएका हुन् ।

घटना थाहा पाए लगत्तै बैदाम प्रहरी घटनास्थल पुगेको थियो । घटना प्रवृत्ति हेर्दा अन्य केही शंकास्पद कुरा नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

‘मृतक आफैले आत्महत्या गर्नुभएको हो, हामीले पछाडी झयाल बाट गएर शव निकालेको हो ‘ उनले बताए ।

पोष्टमार्टम आज भएरै परिवारले शव बुझ्ने तयारी गरेको हमालले जानकारी दिए ।

कमेन्टहरु
Loading...