२३ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका वडा नं १० अन्नपूर्ण टोल बस्ने ५५ वर्षीय हरी बहादुर गुरुङलाई भदौं १५ गते प्रहरीले गिरफ्तार गरेको छ ।
गुरुङ भुतपूर्व भारतिय सैनिक हुन् । आरोपितगुरुङले पीडित महिलालाई भदौं १२ गते राती साढे आठ बजेको समयमा डर, धाकधम्की देखाई बलात्कार गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
गुरुङलाई करणी सम्बन्धी कसुर अन्तरगत १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी हमालले जानकारी दिनुभयो ।