डोनी भान डीलाई म्यानचेस्टर युनाइटेड भित्र्याउने प्रयास अन्तिम चरणमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड अजाक्सका मिडफिल्डर डोनी भान डी बीकलाई भित्राउने प्रयासको अन्तिम चरणमा पुगेको छ । भान डी बीकका लागि ४० मिलियन पाउण्ड तिर्न म्यानचेस्टर युनाइटेड तयार भएको छ ।

दुई क्लबबिच अनुबन्धन रकमबारे सहमति भएको हो । २३ वर्षका नेदरल्याण्डसका खेलाडी भान डी बीकका प्रशंसक हुन म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओल गुनार सोल्सकेयर ।
दुई क्लबबिच सहमति भए पनि भान डी बीकको मेडिकल तथा उनीसँग व्यक्तिगत तहमा सहमति हुन भने बाँकी रहेको छ ।

भान डी बीकलाई यो सिजनको सुरुमै उपलब्ध हुने गरी पाँच वर्षको सम्झौतामा अनुबन्धित गर्ने तयारीमा म्यानचेस्टर युनाइटेड छ ।

कमेन्टहरु
Loading...