सिपिएलमा सन्दीपले लिए विकेट

नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग क्रिकेट अन्तर्गतको पहिलो खेलमा विकेट हात पारेका छन् ।

जमैका तलाहवाजबाबाट खेलिरहेका सन्दीपले आफ्नो चार ओभरको स्पेलको अन्तिम ओभरमा एक विकेट लिन सफल भएका हुन् ।

उनलेअफगानी खेलाडी नजिबुल्लाह जाद्रानलाई आउट गरेका हुन् ।

सिपिएलमा जमैका तलाहवाजबा र सेन्ट लुसिया जुक्स भिडिरहेका छन् ।

सन्दीपले ४ ओभरमा २३ रन खर्चदैँ १ विकेट लिएका हुन् ।

कमेन्टहरु
Loading...