बार्सिलोना क्लबले प्रशिक्षक किके सेतियनलाई बर्खास्त गरेको छ।
च्याम्पियन्स लिगको क्वाटर फाइनलमा बार्यन म्युनिखसँग ८–२ ले पराजित भएपछि बार्सिलोनाले प्रशिक्षक सेतियनलाई सोमबार बर्खास्त गरेको हो ।
सेतियन गएको जनवरीमा बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका थिए।
उनले २५ खेलमा बार्सिलोनाको प्रशिक्षकको भूमिका निर्वाह गरे ।
बार्सिलोनाले च्याम्पियन्स लिगमा खराब हार बेहोरेको हो ।
तियनलाई बर्खास्त गरेको बार्सिलोनाले नयाँ प्रशिक्षकको घोषणा आउँदा दिनमा गरिने बताएको छ । बार्सिलोनाले रोनाल्ड कोएम्यानलाई नयाँ प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
रोनाल्ड बार्सिलोना क्लबका पूर्व खेलाडी तथा नेदरल्याण्डसको राष्ट्रिय टिमका प्रशिक्षक हुन् ।
उनले सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाबाट खेलेका थिए ।